Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तनहुँको छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

तनहुँको छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

तनहुँ : पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनामा तनहुँको शुक्ल गण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा, पोखरा महानगरपालिका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी घाइते हुनु भएको छ ।

त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते भएको प्रनाउ थापाले जानकारी दिनुभयो । घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र चालक नियन्त्रणमा रहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट