Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं : पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।रौतहटको कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए ।त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए ।

तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरीले जनाएको छ ।प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए । प्रहरीका अनुसार पत्रकार प्रजापति केहीदिनयता पारिवारिक तनावमा थिए ।

जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए ।पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट