Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आफ्नै गाडीले किच्दा मृत्यु

आफ्नै गाडीले किच्दा मृत्यु

दाङ: दाङको लमहीमा आफ्नै गाडीले किचेर एक युवाको ज्यान गएको छ । लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाको आज बिहान गाडीको चपेटामा परेर मृत्यु भएको हो ।

बानियालाई आफ्नै घरअगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीले किचेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको थियो । गाडिको पछाडी रहेका उनको च्यापिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट