Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिमरामा १ लाख ५४ हजार सहित ९ जुवाडे पक्राउ

सिमरामा १ लाख ५४ हजार सहित ९ जुवाडे पक्राउ

रौतहट : बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जानकी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जना जुवाडेलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले केशव सुनुवारको घरको तेस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जीतपुरसिमराका सुसन खाती सुनार, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव, केशव सुनुवार (घरधनी), थहल वहादुर विश्वकर्मा, शिवजी प्रसाद साह, राज कुमार भट्टराई र बलराम कुमार क्षेत्री रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताएका छन्।

उनीहरूको साथबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र तास बरामद गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाएको छ।पक्राउ परेका सबैजना प्रहरी नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट