Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कर्णाली विकास बैंक घोटाला प्रकरण : राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरण : राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

काठमाडौं : कर्णाली विकास बैंकको अर्बौं रुपैयाँ अनियमितता भएको प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकारण्मा सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेत पक्राउ परेका हुन् ।उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

यो घोटालामा प्रहरीले संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो ।ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरी अधिकृतहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट