Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

किर्ते कागजात र छाप बनाएको आरोपमा एक जना पक्राउ

किर्ते कागजात र छाप बनाएको आरोपमा एक जना पक्राउ

काठमाडौँ : किर्ते कागजात र छाप बनाएको आरोपमा प्रहरीले टोखा नगरपालिका–४ स्थित भेटघाट चोकबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको धरमपुर घर भएर काठमाडौँ महानगरपालिका–१० बस्ने सफराज खड्का छन् ।

टोखा स्थित भेटघाट चोकमा ५२ वर्षीय आरोपीले फर्जी कागजात तयार गर्ने कारखाना नै सञ्चालन गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

असार ३१ मा पक्राउ परेका उनको साथबाट प्रहरीले बैंक तथा बित्तीय संस्था, सरकारी कार्यालयहरू, नेपाल कम्युनिस्ट पार्टी र अदालतको छाप बरामद गरेको छ ।

रबर स्ट्याम्प बनाउने मेशिन र शिक्षण संस्थाहरूले उपलब्ध गराउने प्रमणपत्रहरु समेत उनको साथबाट प्रहरीले बरामद गरेको छ ।विगत दुई वर्ष देखी आफूले रबर स्ट्याम्प र कागजातहरू बनाएर बेच्ने गरेको सफराजले प्रहरीलाई बताएका छन् ।

आरोपीले फर्जी डकुमेन्ट ५ सय र हजारमा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट