Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३१ हजार एम्पुल लागुऔषधसहित २ जना पक्राउ

३१ हजार एम्पुल लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुंगा तामाङ र पदमबहादुर महतो छन् ।

आरोपीहरूले डेरामा लुकाएर राखेको अवस्थामा ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

प्रहरीले उनीहरूको डेराबाट १० हजार ३६७ एम्पुल बुप्रेनोर्फिन, १० हजार ३६७ एम्पुल डाइजेपाम र सोही परिमाणमा फेनार्गन बरामद गरेको हो । आरोपीहरुबिरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट