काठमाडौँ : प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको बालाजुबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । भारतबाट तस्करी गरेर ल्याएर लुकाएको अवस्थामा ब्युरोको टोलीले ट्रामाडोल बरामद गरेको हो ।
ट्रामाडोल कारोबारमा संलग्न मोरङको बेलबारी घर भएर बालाजुस्थित गंगाहल नजिक बस्ने ३२ वर्षीया निकु राईलाई पक्राउ गरिएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
अर्का एक जना कारोबारीसँग मिलेर राईले सो ट्रामाडोल भारतबाट ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सुटकेसमा प्याक गरेर भारतबाट नेपालतर्फ आउने बसमार्फत सो ट्रामाडोल ल्याएको अनुसन्धानबाट थाहा भएको छ । राईको साथबाट प्रहरीले साढे १२ केजी गाँजा पनि बरामद गरेको छ । कारोबारमा संलग्न अर्का एक जना फरार छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij