Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनिक हवलदार पक्राउ

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनिक हवलदार पक्राउ

काठमाडौँ : प्रहरीले बलात्कारमा संलग्न आरोपमा सेनाका एक जना हवलदारलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण घर भएर नागार्जुन नगरपालिका–६ स्थित तल्लो टौखेल बस्ने ३७ वर्षीय दीपक राउत छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा बुधवार राति उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

राउतले ८ वर्षीया बालिकालाई नागार्जुनस्थित तल्लो टौखेलमा आफ्नै घरमा लगेर बलात्कार गरेको पीडित परिवारका सदस्यहरूले बताएका छन् । राउत कपिलवस्तुस्थित शमशेरदल गण गोरुसिङ्गेमा कार्यरत छन् ।

राउतमाथि प्रहरी वृत्त स्वयम्भुले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । बालिकाकी आमाले आरोपी विरुद्ध प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट