Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२१ वर्षीय युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

२१ वर्षीय युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

इलाम : इलाममा हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाइ प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । सो घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय

पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट