इलाम : इलामको सूर्योदय नगरपालिका–१ मा एक जनाको हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।घटनामा ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुराली घर गएका बेला सूर्योदय १, सिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो ।
त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान थालेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij