नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ बेतपानीका एक युवक पूर्वी चितवनको गैडाकोटमा मृत अवस्थामा भेटिएका छन् ।मृत अवस्थामा भेटिनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का आशिष घिमिरे रहेको बताइएको छ । बाबा एडभेन्चर ट्राभल्र्स एक टुर्स प्रा.लि.को पर्यटकीय बसमा सहचालकका रुपमा काम गर्दै आएका घिमिरे मंगलबार नवलपरासीको गैडाकोट नजिक रहेको चौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरीले बताएको छ ।
उनी केही समयदेखि उक्त गाडीमा सहचालकका रुपमा कार्यरत थिए । मृत्यु भएको दिन उनी चालकसँगको सामान्य विवादपछि गाडी छाडेर हिडेको र त्यसको केही समयपछि मृत भेटिएको प्रहरीले जानकारी दिएको मृततका आफन्तले बताएका छन् ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij