Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लघुवित्तकर्मीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी

लघुवित्तकर्मीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा ऋण असुलीका लागि गएका लघुवित्त कर्मचारीमाथि जुत्ताको माला लगाई अपमान गर्ने घटनामा संलग्न दुई महिलाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी जारी गरेको छ। गालीगलौज र अभद्र व्यवहार गरेको उजुरीका आधारमा दुर्गामाया लिम्बु र माया मगरमाथि कानुनी कारबाही अघि बढाइएको हो।

घटना आइतबार दिउँसो १ बजेको हो। झापाको विर्तामोड नगरपालिका–२ चारपानेस्थित केन्द्रीय कार्यालय रहेको साहारा नेपाल सहकारी लिमिटेडअन्तर्गत मधुमल्ला सेवा केन्द्रका प्रमुख राई र फिल्ड मेनेजर लामिछाने मिक्लाजुङ पुगेका थिए। कर्जाको विषयमा छलफल गर्न गएका उनीहरूमाथि दुर्गामाया लिम्बु र माया मगरले योजनाबद्ध रूपमा दुर्व्यवहार गरे।

दुर्गामाया लिम्बुले घटनाको भिडियो खिचेकी थिइन् भने माया मगरले कर्मचारीलाई जुत्ताको माला लगाएकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा समेत फैलाइएको थियो । जसले कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याएको सहकारी पक्षको भनाइ छ।Franklin nex box

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कोपिला चुडालका अनुसार, “सहकारीका कर्मचारीहरू ऋण असुलीका लागि गएका बेला उनीहरूलाई अपमानजनक व्यवहार गरिएको थियो। घटनासँग सम्बन्धित उजुरीका आधारमा दुबै महिलाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।”

हाल दुर्गामाया लिम्बु र माया मगर दुवै फरार छन्। “उनीहरूले मोबाइल फोन बन्द गरेर आफूलाई सम्पर्कविहीन बनाएका छन्,” डिएसपी चुडालले जानकारी दिइन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

साहारा नेपाल सम्बद्ध एकीकृत कर्मचारी संगठनले सहकारीका कर्मचारीहरूमाथि नियोजित रूपमा गरिएका दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। संगठनले कर्मचारीले नियमअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दा गरिएको यस्तो व्यवहार सह्य नहुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट