Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एम्फेटामाइन सहित ४ जना पक्राउ

एम्फेटामाइन सहित ४ जना पक्राउ

काठमाडौँ : लागुऔषध नियन्त्रण व्यूरोले एम्फेटामाइन सहित ४ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बारा घर भएका २९ वर्षीय उग्रेन लामा छन् ।

आरोपीहरूको साथबाट १५५ ग्राम एम्फेटामाइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले रातोपाटीलाई बताए ।

जेठ ३० मा तीनजना ठमेलबाट पक्राउ परेका हुन् । उग्रेन लामालाई नारायणस्थान स्थित रिसोर्टबाट पक्राउ गरिएको शाहीले जानकारी दिए । आरोपीहरूले सो एम्फेटामाइन भारतको नयाँ दिल्लीबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट