धादिङ : दक्षिणी धादिङको बेनी घाट रोराङ्ग गाउँपालिका स्थित मलेखु भण्डार सडक खण्डमा पर्ने आँपटार भन्ने स्थानमा एक जान भारतीय नागरीक १४३ किलो अवैध लागु औषध गाँजासहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २मा पर्ने आँप टारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरी टोलिले सो गाँजा सहित गाडी पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतीय नम्बर प्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ । सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् । निजलाई इलाका प्रहरी कार्यालय गजुरीमा थप अनुसन्धानका लागी राखिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij