Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विद्यालय पोशाकमै प्रदर्शनमा आएका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप

विद्यालय पोशाकमै प्रदर्शनमा आएका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं : जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको आयोजनामा गरिएको सोमबार गरिएको उक्त प्रदर्शनमा विद्यालय पोशाकमै सहभागी भएका विद्यार्थीहरूलाई प्रहरीले रोकेको हो।

निशुल्क, समान र वैज्ञानिक शिक्षाको माग राख्दै उनीहरूले जनपक्षीय शिक्षा ऐन ल्याउन दबाव दिँदै नाराबाजी गरेका थिए। प्रदर्शनकारीले 'निशुल्क शिक्षा प्रणाली लागू गर', 'अध्ययनसँगै रोजगारीको ग्यारेन्टी गर', 'शिक्षा जनताको अधिकार हो' भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा केही स्थानमा झडपको स्थिति आएपछि प्रहरीले हस्तक्षेप गर्दै केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाइएको छ। प्रदर्शनकारीहरूले शिक्षा पहुँचवालाका लागि मात्र नभई पछि परेका समुदायलाई लक्षित हुनुपर्ने भन्दै सोही अनुरूपको कानून ल्याउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट