काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष संञ्जय बुढाथोकीसहित नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् ।
उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।यसैबीच, नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो ।प्रहरीले केही विद्यार्थीहरुलाई भ्यानमा कोचेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोेज्दा घम्साघम्सी भएको थियो ।
निःशुल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज बिहान १० बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरु माइतीघरदेखि नयाँबानेश्वरसम्म पुग्ने योजना थियो । तर प्रहरीले माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन सुरु गरेपछि अन्यले प्रहरी प्रशासन विरुद्ध नारा लगाइरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij