Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

५ लाख १९ हजार नगदसहित ललितपुरबाट ११ जना जुवाडे पक्राउ

५ लाख १९ हजार नगदसहित ललितपुरबाट ११ जना जुवाडे पक्राउ

काठमाडौँ : ललितपुर महानगरपालिका–१६ स्थित कोणबहालबाट प्रहरीले ११ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रेम महर्जनको घरमा सञ्चालित जुवा खालबाट ५ लाख १९ हजार ९ सय नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

आइतबार साँझ ललितपुर परिसरबाट खटिएको टोलीले जुवा खालमा छापा मारेको थियो । जुवा खालबाट पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, ललितपुर घर भएका रवीन्द्र दाहाल, शंखर माली, चौठीमुनी बज्राचार्य, फुर्वा शेर्पा, कल्याण तामाङ, काभ्रे घर भएका केशव नेपाल, चितवन घर भएका वीरबहादुर वाइबा, ललितपुर घर भएका दिलेक बज्राचार्य, काठमाडौँ घर भएका गोकुलप्रसाद चौलागाईं र लक्ष्मी सुब्बा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट