Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भिनाजुले गोली हानी गरे सालीको हत्या

भिनाजुले गोली हानी गरे सालीको हत्या

विराटनगर : सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले गोली हानेका हुन् । प्रारम्भिक अनुसन्धानमा टाउकोमा नजिकैबाट गोली प्रहार गरिएको देखिएको छ।

घटनापछि आजात मिया भारततर्फ भागेको आशंका गरिएको छ । एसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजुले नै गोली प्रहार गरेको देखिएको छ ।उनी तत्कालै भारततिर भागेपछि खोजी कार्य जारी रहेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट