विराटनगर : सुनसरीको इनरुवामा घरभित्रै श्रीमान र श्रीमती मृत फेला परेका छन् ।आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।सुनसरी प्रहरीका अनुसार सुकदेवको शव फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो भने सवेताको शव भने ओछ्यानमा फेला परेको छ ।
सुकदेवको शरीर अर्ध नग्न अवस्थामा र उनकी श्रीमतीको शव ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेकाले घटना शंकास्पद भएकाको प्रहरीले जनाएको छ ।सुनसरी प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij