सिरहा : सिरहाको औरही गाउँपालिका–५, मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी पासवानका अनुसार, मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सात पोकामा राखिएको २१२ किलो ९२५ ग्राम गाँजा फेला पारेको थियो ।
प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अरू केही व्यक्ति भने फरार भएका थिए । फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij