Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाल प्रहरीले भेट्टायो सर्वसाधारणका विभिन्न खालका करिब साढे १२ सय कागजात

नेपाल प्रहरीले भेट्टायो सर्वसाधारणका विभिन्न खालका करिब साढे १२ सय कागजात

काठमाडौं : नेपाल प्रहरीले सर्वसाधारणका विभिन्न खालका करिब साढे १२ सय कागजात फेला पारेको छ ।

प्रहरीको खोजतलास शाखाले काठमाडौंका विभिन्न स्थानबाट नागरिकता, राहदानी, एटीएम कार्ड, लाइसेन्स, मतदाता परिचयपत्र, बचत पासबुकलगायत एक हजार २३९ थान कागजात फेला पारेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शाखाका अनुसार सबैभन्दा बढी ८२६ थान नागरिकताको प्रमाणपत्र भेटिएको छ । यस्तै, राहदानी १३५ थान, एटीएम कार्ड ४५ थान, सवारी चालक अन’मतिपत्र २६ थान, मतदाता परिचयपत्र २१ थान, बचत पासब’क ११ थान, स्थायी लेखा परिचयपत्र १० थान, ज्येष्ठ नागरिक परिचयपत्र ९ थान, विभिन्न तहका शैक्षिक प्रमाणपत्रहरू ९ थान र अन्य ४७ थान कागजात फेला पारिएको छ ।

उक्त कागजात लिनका लागि आवश्यक प्रमाणसहित खोजतलाश शाखामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

कागजातधनीको विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस् : https://bit.ly/lostandfounddocuments

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट