Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जिल्ला कारागार कैलालीमा लफडा : एक कैदी घाइते, एसपी सहितको टोली घटनास्थलमा

जिल्ला कारागार कैलालीमा लफडा : एक कैदी घाइते, एसपी सहितको टोली घटनास्थलमा

धनगढी : जिल्ला कारागार कैलाली भित्र फेरि कुटाकुटको घटना भएको छ । स्रोतका अनुसार शनिबार भएको झगडामा एक जना कैदीको नाकमा चोट लागेको छ ।लफडाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख एसपी बाल नरसिंह राणा घटनास्थल पुगेका छन् । हाल उनी कारागारमै रहेर कैदी तथा थुनुवाहरूसँग घटनाको विवरण लिँदै अनुसन्धानमा जुटिरहेका छन् ।

हालसम्म झगडामा संलग्न व्यक्तिहरूको पहिचान र विवादको कारण खुलेको छैन। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पनि कारागार पठाइएको छ।कैलाली जिल्ला कारागारमा यसअघि पनि पटक–पटक यस्ता झडपहरू हुने गरेका छन्, जसले कारागारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट