Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जन्म दर्ता किर्ते गर्ने धादिङको धुनीवेशीका वडाध्यक्ष सुवेदी काठमाडौंबाट पक्राउ

जन्म दर्ता किर्ते गर्ने धादिङको धुनीवेशीका वडाध्यक्ष सुवेदी काठमाडौंबाट पक्राउ

धादिङ : धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई सार्वजनिक किर्ते मुद्दामा सात महिनापछि प्रहरीले काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको छ ।लामो समयदेखि फरार सूचीमा रहेका सुवेदीलाई विशेष सूचनाका आधारमा शनिबार बिहान कलङ्कीबाट पक्राउ गरिएको हो ।

सुवेदीमाथि नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म प्रमाणपत्र बनाइ त्यसको आधारमा नागरिकता सिफारिस गराएर जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीका अनुसार उनले झुटो कागजात प्रयोग गरी नागरिकता बनाइ सोही नागरिकताका आधारमा सम्पत्ति कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट