Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एसपीलाई धम्की दिने नेता यादवविरुद्धको मुद्दा खारेजीको माग, मलंगवा बजार बन्द

एसपीलाई धम्की दिने नेता यादवविरुद्धको मुद्दा खारेजीको माग, मलंगवा बजार बन्द

सर्लाही : प्रहरी ज्यादतीविरुद्ध जसपा नेपालद्धारा आह्वान गरिएको दुई दिने बन्दको पहिलो दिन आज सर्लाहीको सदरमुकाम मलंगवा बजार पूर्णरूपमा ठप्प भएको छ।जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्धको ‘झूठो मुद्दा’ खारेज गर्नुपर्ने मागसहित र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको हो । जसपाले शनिबार बिहानैदेखि बजार, कलकारखाना, यातायात पूर्णरूपमा बन्द गराएको छ।

शुक्रबार साँझ मसाल जुलुससहित मलंगवा बजारमा प्रदर्शन गरिएको थियो। आज सलेमपुर चोकमा कार्यकर्ताहरूले टायर बालेर सडक अवरुद्ध पारेका छन्। मलंगवा–नवलपुर सडकखण्ड हुँदै चल्ने सवारीसाधन ठप्प छन्।

गत हप्ता पूर्वाधार कार्यालयमा ‘कमिसन दिने’लाई मात्रै राति चेक काटिएको भन्ने विषयलाई लिएर अध्यक्ष यादव र एसपी खड्काबीच भनाभन भएको थियो। त्यसपछिको रात जसपा नेता यादवलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीयले आक्रमण गर्दै गाडी तोडफोड गरेका थिए।सर्लाही जिल्ला अदालतबाट यादवविरुद्ध पक्राउ पुर्जी जारी भए पनि एक सातादेखि उनी पक्राउ परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट