कैलालीमा अटोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्की महिला घाइते भएकी छन्।लम्कीचुहा नगरपालिका-६ स्याउलेस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको म १ ह ५ नम्बरको अटोले बुधबार राति दुई जना पैदलयात्रीलाई ठक्कर दिएको हो।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार अटोको ठक्करबाट घाइते भएकी लम्कीचुहा नगरपालिका- ६ की ५५ वर्षीय लक्ष्मी ढुंगानाको मृत्यु भएको छ।
अटोकाे ठक्करबाट २२ वर्षीय मिना ढुंगाना घाइते भएकी छन्।दुवै घाइतेलाई उपचारका लागि भल्का अस्पताल लम्की, कैलाली हुँदै मेडिकल कलेज कोहलपुर, बाँके लगिएको थियो। उपचारको क्रममा लक्ष्मीको राति मृत्यु भएको प्रहरीले जनाएको छ।मिनाको कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ। अटो चालक २३ वर्षीय हेमन्त जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij