Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ

झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ

झापा : झापाको मेचीनगर नगरपालिका-६ बाट एक जना भारतीय नागरिक एक थान एयर पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन्।

मंगलबार बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रुहरूको चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेको थियो । प्रहरीले एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल बरामद गरेको हो।

अवैध हतियारसहित पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट