काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्कालीन समयमा गृहमन्त्री भएका बेला आफैले नियुक्त गरेका सहसचिव कोषराज निरौलामार्फत अध्यागमन विभागमा ठूलो गैरकानूनी भिजिट भिसा काण्ड सञ्चालन गरिएको कुरा बाहिर आएको छ ।
सभापति लामिछाने सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षमा जिल्ला कारागार रुपन्देहीमा थनिएका छन् । लामिछाने गृहमन्त्री भएका बेला निरौलामार्फत विमानस्थल अध्यागमनबाट मानव तस्करी भएको आरोप लागेको छ ।
जसअन्तर्गत खाडी मुलुक जान चाहने नेपालीहरूसँग पुरुषका लागि २० हजार र महिलाका लागि ४० हजार रूपियाँ जबरजस्ती असुली गरिएको कुरा अहिले बाहिर आएको छ । तत्कालीन गृहमन्त्री लामिछानेकै निगरानीमा र मन्त्री र सचिवालय बुझाउनुपर्छ भन्दै कोषराज निरौलाले रेट बढाएको स्पष्ट प्रमाण रहेको यस काण्डलाई अझै जनताको नजरबाट लुकाइँदै आएको छ ।
जसले लामिछाने केवल सहकारी ठगीमै सीमित नभई राज्य संयन्त्रको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा हजारौँ नागरिक ठग्ने संरचनाको नेतृत्वमा संलग्न भएको पुष्टि गर्छ ।रास्वपाले मंगलबारको संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । संसदको बैठक नै अबरोध गरेका छन् । आफ्नै सभापति लामिछाने गृहमन्त्री रहेका बेला रास्वपाले नै अध्यागमनमा सेटिङ गरेर मानव तस्करी गरेको आरोप छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij