धादिङ : बुधवार धादिङ कारागारमा गए राती एक थुनुवाले झुन्डिएर आत्महत्या गरेका छन् ।धादिङको वेनीघाट रोराङ गाउँपालिका ७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुन्डिएर आत्महत्या गरेको कारागारले जनाइएको छ ।
चालु महिनाको ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्क्षकालागी धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समय सम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काँधमा चढी झ्यालबाट हेर्दा झुण्डीएकोअवस्थामा भेटिएको धादिङ कारागारका प्रशासक राममणि मिश्रले बताउनु भयो ।उनले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका हुन् ।घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोस्टमार्टमका लागी धादिङ अस्पताल पठाइएको प्रशासक मिश्रले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij