Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लमजुङमा आगलागी, एक महिलाको मृत्यु

लमजुङमा आगलागी, एक महिलाको मृत्यु

लमजुङ : सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट