काठमाडौं, १३ जेठ : नागढुंगा चेकप्वाइन्टमा प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ। वीरगन्जबाट आएको बसका सहचालक अनिश कुमार सिंहलाई १२ किलोभन्दा बढी चाँदीका गहना सहित पक्राउ गरियो।पक्राउ परेका सिंह बाराको कलैया उपमहानगरपालिकाका हुन् र गहनाको बिल फेला परेको छैन। काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले मंगलबार जानकारी दिए ।३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij