Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चितुवाको आक्रमण वाट एक जना घाइते

चितुवाको आक्रमण वाट एक जना घाइते

स्याङ्जा : स्याङजाकाे वालिङ  नगरपालिका ११ तल्लो पेखुमा चितुवाको आक्रमण  वाट एक जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षका मुक्त  बहादुर थापा रहेका छन् । घर नजिकै कुखुराको खोरमा चितुवा पसेको हेर्न गएका थापालाई अचानक चितुवाले आक्रमण गरेको स्थानीयले बत्ताएका छन् । घाइते भएका थापाको टाउको,तथा हातमा चोट लागेको छ ।

सो क्षेत्रमा दिनहुँ जसो पशु चाैपायालाई आक्रमण गदै आएको स्थानीयले बत्ताएका छन् ।चितुवाको आक्रमण वाट घाइते भयका थापालाई वालिङ स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पटाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट