Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवलपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

नवलपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पोखरा : नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ७ स्थित चोरमारा बस्ने २४ वर्षका नविन कुमाल र सोही ठाउँका २२वर्षीय रादिम मिधुन छन् । अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट