Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोबाइल लुटमा संलग्न ३ जना पक्राउ

मोबाइल लुटमा संलग्न ३ जना पक्राउ

काठमाडौँ : काठमाडौँको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी छन् । आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट