सङ्खुवासभा : सङ्खुवासभाकाे खादबारीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। खाँदवारि बजार आएका १६ बर्सिया र १७ बर्सिया बालिका बलात्कार गरेको उजुरीका आधारमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला -३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
आरोपित दुवै जनालाई खाँदवारि नगरपालिका-१ बाट शुक्रवार पक्राउ गरिएको हो । उनीहरूले दुई जना बालिकालाई प्रलोभनमा पारेर ललाइफकाइ बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।प्रहरीले आरोपित विरुद्ध जिल्ला अदालत सङ्खुवासभाबाट आइतबार म्याद थप गरेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij