सिरहा : सिरहाको मिर्चैयामा विद्युत् सर्ट भएर एक पसलमा आगलागी भएको छ। मिर्चैया नगर पालिका ५ स्थित संस्था चोकमा सञ्चालित मोटर पार्ट्स पसल यादव ब्रदर्स अटो ट्रेडर्स र एस ट्रेडर्स एन्ड सप्लायर्समा आगलागी भएको हो।
हिजो आइतबार राति पौने ११ बजेतिर भएको उक्त आगलागीबाट ७० लाखभन्दा बढी रुपैयाँको आर्थिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।प्रहरीका अनुसार पसलमा रहेका मोटरसाइकल, अटो रिक्सालगायत सवारीसाधनका विभिन्न पार्टपुर्जा, ब्याट्री, मोबिल लगायत सम्पूर्ण सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डिएसपी राजेशराज पुरीका अनुसार पसलमा कोही नभएको अवस्थामा विद्युत् तार सर्ट भई अचानक आगलागी भएको थियो। सुरक्षा निकाय र मिर्चैया पालिकाको वारुणयन्त्र र जेसीबी प्रयोग गरी आगो नियन्त्रणमा लिइएको पुरिले जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij