Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट हुँदा दाजु बहिनीको मृत्यु

कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट हुँदा दाजु बहिनीको मृत्यु

काठमाडौं : कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ।शुद्धोधन गाउँपालिका- ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर दाजु बैनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जन दत्त भट्टले जानकारी दिए।

आगलागीमा परेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको हो। खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको एसपी भट्टले जानकारी दिए ।

आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई प्राथमिक उपचारपछि राति नै थप उपचारका लागि भारतको जयनगर लगिएको थियो तर बाटोमै उनीहरुको मृत्यु भएको जनाइएको छ । दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको उनले बताए। आगलागीबाट घरमासमेत सामान्य क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij