Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

साँढेको जुधाईमा परेर स्कुटर चालक सत्तारले गुमाए ज्यान

साँढेको जुधाईमा परेर स्कुटर चालक सत्तारले गुमाए ज्यान

काठमाडौं : जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ।सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो।

मधेश प्र–०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा गम्भीर घाईते भएका राईनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।उनको नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij