Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलाली भन्सारका प्रमुख नगर प्रहरीबाट कुटिए, प्रहरीमा उजुरी

कैलाली भन्सारका प्रमुख नगर प्रहरीबाट कुटिए, प्रहरीमा उजुरी

धनगढीः भन्सार कार्यालय, कैलालीका प्रमुख अनन्त तिम्सिना नगर प्रहरीबाट कुटिएका छन्।धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण सिंह धामीसहितको टोलीले उनीमाथि कुटपिट गरेको हो।

धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय भित्र शनिवार राति धामीसहितको टोलीले कुटपिट गरेका भन्दै कैलाली प्रहरीमा उजुरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले सीसीटिभी क्यामराको फुटेज अनुसार अनुसन्धान र कारबाहीका लागि भन्दै प्रमुख भन्सार अधिकृत अनन्त तिम्सिनाले निवेदन दर्ता गरेका बताए।

भन्सार प्रमुख र नगर प्रहरीबिच वादविवाद भएको खबरपछि राति प्रहरीको टोली भन्सार कार्यालय पुगेको थियो। जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिति सामान्य भइसकेको प्रहरीले बताएको छ। यता, धामीले भने तिम्सिना मदिरामा लठ्ठ भएर आफूहरूमाथि दुव्र्यभार गरेको बताएका छन्। उनले भने, ‘गाडीले तारजाली टुटाएको थियो। हामी खोज्दै गयौ। भन्सार कार्यालय भित्र छ भन्ने सूचना अयो। हेर्न गयौ, भन्सारको गाडी केही भएको थिएन्। फर्किदै थियौ। एक जना मदिरा सेवन गरेको मन्छे आउनु भयो। हाम्रो गाडीमा हान्नु भयो। हामीले उपमहानगरपालिकाबाट आएका भन्यौ। फेरि पनि मलाइ हान्नु भयो। हातमा लाग्यो। मेरो फोन खस्यो। हामीलाई धकेल्नु भयो। तर, यो कुराहरू उहाँले मिडियामा पठाउनु भएको छैन। मैले समातेको मात्र पठाउनु भएको छ।’

धामीले उनी भन्सार प्रमुख भएको कुरा थाहा नभएका कारण भन्सार कार्यालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको पो हो की ? भनेर आफूहरू त्यहाँभित्र गएको तर हातपात र कुटपिट नगरेको दाबी गरेका छन। तीव्र गतिको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली शनिवार राति साढे ९ बजे कैलाली भन्सारको बेरियलसम्म पुगेको हो। यता, भन्सार कार्यालय प्रमुख तिम्सिनाले फोन उठाएका छैनन्।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले नगर प्रहरीको निरीक्षक धामीलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। उनले अधिकार क्षेत्रभन्दा बाहिर जानुको कारण मागेका हुन्। २४ घण्टामा स्पष्टीकरण पेस नगरेपछि कारबाही हुनेसमेत बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij