रामेछाप : रामेछापको मन्थली नगरपालिकामा एक पुरुषले आफेनै बुहारीको हत्या गरेका छन् ।मन्थली नगरपालिका–१२, गेलु सिक्रालमा वृद्ध उमेरका ‘शम्भु’ भनिने मटक बहादुर बुढाथोकीले आफ्नै बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । आज अपरान्ह बुढाथोकीले आफ्नै बुहारी अन्दाजी ३० वर्षीया पवित्र बुढाथोकीको विभत्सा हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
नेपाली सेनामा कार्यरत रहँदा गत साउन ३ गते काठमाडौँमा कोठाभित्र छोरा दीपेन्द्र बुढाथोकीले झुन्डिएर आत्महत्या गरेका थिए । त्यसपछि बुहारी काठमाडौँ बस्दै आएकी थिइन् । यता गाउँमा नाति बाजे बस्दै आएको बुझिएको छ । बुहारी नै छोराको आत्महत्याको कारण भएको आरोप लगाउँदै आएका ससुराले नाति समेत बुहारीसँग पठाउन मानेका थिएनन् ।
तर, पछिल्लो पटक जिल्ला अदालत रामेछाप ले बुहारीले आफ्नो छोरो साथ लान पाउने आदेश गरेपछि छोरो लिन ससुरा बसिरहेको घर पुगेकी उनीहरूबिच झगडा भएको थियो । सोही क्रममा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij