Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३ महिनामा ७४ महिला तथा किशोरी बलात्कृत, आधाभन्दा बढी १८ वर्ष मुनिका

३ महिनामा ७४ महिला तथा किशोरी बलात्कृत, आधाभन्दा बढी १८ वर्ष मुनिका

काठमाडौँ : पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कारमा परेका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्।

बलात्कृतमध्ये ५१ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी हुन्। प्रतिवेदनमा उल्लेख गरिएअनुसार पीडकमध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा रहेका छन्।

बलात्कारका घटनामा ५४ प्रतिशतमा श्रीमान, छिमेकी वा आफन्त जस्ता आफन्तवत् मानिने व्यक्तिहरू संलग्न छन्। विशेषगरी घरभित्रै हुने यस्ता घटनाले पीडितलाई कानुनी उजुरी दिन समेत कठिन बनाइरहेको देखिएको केन्द्रकी अध्यक्ष सविता पोखरेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij