सप्तरी : सप्तरीमा नेपाल बैंकको एउटा शाखा कार्यालयमा चोरी भएको छ ।गएराति खडक नगरपालिका ७ कल्याणपुरमा रहेको नेपाल बैंकको शाखामा चोरी भएको हो । सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका-५ का ४४ वर्षीय पर्शुराम चौधरी सुतिरहेको मौका पारेर चोरी भएको हो ।
चोरले गार्डकै कोठाको दराजमा रहेको एक नाले १२ बोरको बन्दुक, यसको २० राउण्ड गोलि, २ वटामोवाइल र डिजिटल तराजु र एउटा झोला समेत चोरी गरेका छन् । रकम भने चोरी नभएको प्रहरीे जानकारी दिएको छ ।
प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले आफूलाई अर्कै व्यक्तिले गार्डको हतियार चोरेर ल्याउन लगाएको बयान दिएका छन् । पक्राउ परेका व्यक्तिबाट चोरी भएका हतियार र गोलि पनि बरामद गरेको छ।कम्प्युटर स्क्यानर २ थान, ल्यापटप २ थान, खुकुरी २ थान, घडी २ थान, मोबाइल ५ थान, डिजिटल तराजु पनि बरामद भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij