Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

करेन्ट लागेर रुकुम पश्चिममा एक जना बिद्युत कर्मचारीको मृत्यु !

करेन्ट लागेर रुकुम पश्चिममा एक जना बिद्युत कर्मचारीको मृत्यु !

रुकुम पश्चिम :विद्युत् मर्मत गर्ने क्रममा रुकुम पश्चिममा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ ।बिहीबार राति सदरमुकाम मुसिकोट–४ स्थित बोहोरागाउँमा विद्युत मर्मत गर्ने क्रममा रुकुम पूर्व विद्युत् वितरण केन्द्रमा कार्यरत कर्मचारी खिम बहादुर खड्काको मृत्यु भएको हो ।रुकुम पूर्व सिस्ने गाउँपालिका–३ घर भएका खड्कालाई रुकुम पुर्व विद्युत केन्द्रले रुकुम पश्चिममा खटाएको थियो ।

रुकुम पूर्वबाट मर्मतका लागि खबर आएपछि उनी बोहोरागाउँमा गई पोल चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरी श्रोतले जनाएको छ ।उनका आफन्त आएपछि शव घटनास्थलबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij