Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता

पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता

बुटवल : पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत महाराजगञ्जज जिल्लाअन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेका प्रहरीले जनाएको छ ।दोभान प्रहरी चौकीका अनुसार अन्सारी दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए ।

घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरूमध्ये पौडी खेल्ने क्रममा अन्सारी ड्यामनेर डुबेका अन्सारी फेला पर्न नसकेका प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले रातोपाटीलाई जानकारी दिए ।उनले खोलामा धमिलो पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij