सौराहा : जिल्ला प्रहरी कार्यालय चितवनले टुनामुना, तन्त्रमन्त्र गरेर लुटपाट गरेको आरोपमा दुइ भरतीय नागरिक सौराहाबाट बुधवार विहान पक्राउ परेका छन् ।
भारतको नयाँ डिल्लीका २३ बर्षीय मन्जित नाथ र १९ बर्षीय नितिसनाथलाई पक्राउ गरेको हो । रत्ननगर वडा नं ३ स्थानी घर भई भरतपुर १० वालमन्दिरचोक बस्दै आएका अविष बर्तौलालाई उक्त दुई भारतीय नागरिकले टुनामुना, तन्त्रमन्त्र लगाएर कानमा लगाको १८ हजार बराबरको सुनको मुन्द्रा र नगद ४ हजार लुटेका थिए ।प्रहरीमा परेको उजुरीको आधारमा खोजिगर्ने क्रममा उनीहरुलाई सौराहाबाट पक्राउ गरिएको डिएसपी रन्जन अवाले जानकारी दिए । उनीहरु एकजना कालो र अर्को व्यक्ति सेतो पहिरन लगाएर लुटपाट गर्दै हिड्ने गरेको पाईएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij