काठमाडौं : जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए ।
ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् । फरार थुनुवाको खोजी सुरु भए पनि पक्राउ परेका छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij