गोरखा : गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही। बसले च्यापेर बालिकाको आमा गम्भिर घाइते भएकी छिन् । ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की वर्ष ७ की सुबिना सुर्खेती भएको स्थानीय अर्जुन प्रताप राणाले जानकारी दिनुभयो ।
गोरखा बजारबाट आरुघाट तर्फ गएको बसले च्यापेर बालिकाकी आमा विनीता सुर्खेती गम्भिर घाइते भएकी छिन् । उहाँको गोरखा अस्पतालमा उपचार जारी छ । घटना स्थलमा स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासि अगाडी बढाउँदा पछाडिको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गम्भिर घाइते भएकी हो बाँकी विवरण भने आउन बाँकी रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij