काठमाडौं : प्रहरी नायव महानिरिक्षक (डीआईजी) बढुवा सिफारिसमा परेका बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा अनैतिक कृयाकलाप गरेको, अमार्यति गतिविधिमा संलग्न रहेको भनी उजुरी परेको छ।युवराज सफल उजुरीकर्ता हुन्। उनले रेग्मीलाई कारबाहीको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुख एसपी हुँदा रेग्मीले पोखरामा अर्काकी पत्नीसँग अनैतिक सम्बन्ध राख्नुका साथै ती महिलाको निर्दोष पतिलाई फसाउन झुठो वैवाहिक बलात्कारको मुद्धा हाल्न लगाएको उजुरीमा दाबी गरिएको छ।मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई सम्बोधन गर्दै लेखिएको उजुरीमा त्यस्ता व्यक्तिलाई डिआइजी पदमा बढुवा सिफारिस गर्नु कानुन विपरित हुने जनाइएको छ।
डीआईजीका लागि रेगमी ४ नम्बर सूचीमा सिफारिस भएका थिए।
उजुरीमा भनिएको छ,‘डीआईजी बढुवा सिफारिसमा परेका दीपक रेग्मीले जिप्रका बागलुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी पत्नीसँग अनैतिक सम्बन्ध राख्ने, तिनै महिलाको निर्दोष पति दीपक थापालाई फसाउन निज थापाकै पत्नीको मिलेमतोमा झुठो वैवाहिक बलात्कारको मुद्दा दर्ता गर्न लगाएका थिए।’उजुरीमा अगाडि छ,‘पीडित दीपक थापाको आमा राजकुमारी थापालाई लाखौं रुपैयाँ बराबरको झुठो लेनदेन गरेको भनी कागज बनाउन लगाउनेजस्ता अमर्यादित, अवाञ्चित गतिविधिमा निज दिपक रेग्मी संलग्न छन्।’
यो उजुरी ९२०८ नम्बरमा दर्ता रहेको छ।रेग्मीविरुद्ध यसअघि पनि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायमा उजुरी परी छानबिन भएको थियो। उजुरीको बेवास्ता गरे पत्रकार सम्मेलन गरी भण्डाफोरमा उत्रिने युवराज सफलले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij