काठमाडौं : १४ मिलो ८ सय ग्राम सुन तस्करी गरी दुबईबाट आएकी अभिनेत्रीले जमानत पाए पनि जेलमुक्त नहुने भएकी छन्।दुबईबाट बेंगलुरु फर्कने क्रममा प्रहरीले पक्राउ गरेकी कन्नड र तमिल फिल्म अभिनेत्री रान्या रावलाई आर्थिक अपराधसम्बनधी अदालतल पूर्व जमानत दिए पनि जेलमुक्त नहुने बताइएको छ।
जमानतको बाबजुद पनि उनी अहिले जेलबाट बाहिर आउन नसक्नुको कारण केन्द्रीय सरकारी एजेन्सीहरूले उनी विरुद्ध विदेशी मुद्रा संरक्षण र तस्करी रोकथाम ऐन अन्तर्गत दर्ता गरेको अर्को मुद्दा हो।आर्थिक अपराध सम्बन्धी विशेष अदालतका न्यायाधीश विश्वनाथ सी गौदरले रान्या राव र उनका सहयोगी तरुण कोन्डुरु राजुलाई जमानत दिँदै केही सर्तहरू लगाए।
न्यायाधीश विश्वनाथ सी गौडरले भने कि यदि उनले कुनै पनि सर्त उल्लङ्घन गरेमा, उनको जमानत तुरुन्तै रद्द गरिनेछ। अभिनेत्री रान्या राव उर्फ हर्षवर्धन रान्यालाई सुन तस्करीको मुद्दामा मार्च ३ मा बेंगलुरु विमानस्थलबाट राजस्व गुप्तचर विभागले पक्राउ गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij