गैंडाकोट : नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते भएका छन्। (सवारी दुर्घटना) मिति २०८२।०२।०६ गते अं. १४:४५ बजेको समयमा जिल्ला नवलपरासी (पूर्व)गैडाकोट न.पा. वडा नं. ९ थुम्सी स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट भैरहवा तर्फ जाँदै गरेको लु२ख ६६७२ नं. को बस र बुटवल देखी नारायणगढ तर्फ आउदै गरेको लु२ख ६९८५ नं. माइक्रो बस एक आपसमा ठक्कर खान जाँदा माइक्रो बसमा सवार निम्न मानिसहरु घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको बसमा सवार कसैलाइ केही नभएको, सडक अवरोध नभएको निम्न घाइते ;-
१.माइक्रो बस चालक -जि. रुपन्देही देवदह न.पा. २ बस्ने बर्ष ४२ को बिनोद सिह ठाकुर निधारमा चोट मध्यम ।
२. माइक्रोको सहचालक- ऐ. बस्ने बर्ष २९ को गोपाल मगर शरिरको बिभिन्न भागमा चोट मध्यम
३. सोही माइक्रोमा सवार -जि. चितवन भरतपुर म.न.पा. १६ बस्ने बर्ष २१ कि अनिता नेपाली निधारमा चोट मध्यम
४. ऐ. बस्ने बर्ष ३६ कि बिण्णु नेपाली टाउकोमा चोट मध्यम ।
५. जि. रुपन्देही बुटवल उ.म.न.पा. ५ बस्ने बर्ष २२ कि बर्षात सुबेदी भित्री चोट मध्यम ।
६.जि. रुपेन्देही बुटवल उप-म.न.पा. १३ बस्ने बर्ष ३० कि जमुना लामाको हात र खुट्टामा सामान्य चोट ।
७.जि.चितवन भरतपुर म.न.पा. १६ बस्ने बर्ष ७ को समर्थ नेपाली
८.जि. चितवन भरतपुर म.न.पा.भ.म.न.पा. १९ बस्ने बर्ष २५ को अनुप गुरुङको हात-खुट्टामा चोट अवस्था मध्यम ।
९.जि. चितवन भरतपुर म.न.पा.भ.म.न.पा. १६ बस्ने होम बहादुर रुचालको दाहिने आँखामा चोट स्थानिय सुमन मेडिकलमा उपचार भईरहेको ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij